Monday, July 14, 2008

गाविसका पूर्व अध्यक्षहरू प्रहरी खोरमा

प्रस, वीरगंज, ३० असार/
विभिन्न आरोप-प्रत्यारोपका कारण विवाद बढेपछि प्रहरीले तीनजना पूर्व गाविसअध्यक्ष सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा सबैठवाका पूर्व गाविस अध्यक्षत्रय रामकलशप्रसाद बरै, नसरुल्लाह आलम, भक्तबहादुर क्षत्री, माओवादीका प्रतिनिधि महेन्द्र राम, राप्रपाका लेखमान पटेल, बागेशप्रसाद गोढ र बबलु श्रीवास्तव रहेका छन् ।
बबलु श्रीवास्तवलाई जिविस, पर्साको गेटबाट अपहरणको शैलीमा टाटा सुमोमा राखी गाउंमा पञ्चायती गर्न लगिरहेको बेला ६ जनालाइ पक्राउ गरी वडा प्रहरी कार्यालय, श्रीपुरमा बुझाएका थिए ।
गाउंको विकास रकम रोक्का गराइदिएको आरोपमा श्रीवास्तवलाई जबरजस्ती लान खोजेको प्रहरीले जनाएको छ । प्रहरीले सातैजनालाई ज्रि्रकाको थुनुवामा राखी अनुसन्धान सुरु गरेको छ ।

चन्दा नदिंदा बम विस्फोट

प्रस, वीरगंज, ३० असार/
चन्दा नदिएको रिसले वीरगंजको बाइपास सडकस्थित एक होटलमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला समूहले बम विस्फोट गराएको छ ।
राति करिब ८ः३० बजे बाइपासस्थित हरियाली रेस्टुरेन्टको घर नजिकै रहेको एक साधारण होटलमा सो विस्फोट भएको हो । विस्फोटमा वीरगंज मुरर््र्ली निवासी रुस्तम मियां घाइते भएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रनि रामेश्वर यादवले जानकारी गराउनुभयो ।
घाइतेको उपचार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा भइरहेको छ । विस्फोटमा उनको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको यादवले बताए । विस्फोटको जिम्मेवारी मोर्चाका देवराज बताउनेले फोनमार्फत लिएका छन् ।

उत्पादक र उपभोक्ता ठगीमा व्यापारी मालामाल

प्रस, वीरगंज, ३० असार/
ब्वाइलर कुखुराका बिक्रेताहरूले आम उपभोक्तालाई ठगिरहेको कुरा तराइ कुखुरा विकास सङ्घका अशोक बानियांले बताउनुभएको छ ।
उहांले कुखुरापालकहरूबाट बिक्रेताले जिउंदो कुखुरा रु. ६० प्रतिकिलो खरिद गरी कुखुराको मासु प्रतिकेजी १६० मा बिक्री गर्दा पनि उपभोक्ता हितका लागि गठित समितिहरू र आम उपभोक्ता चुप लागेर बसेकोमा आक्रोश व्यक्त गर्नुभएको थियो ।
बानियांले ब्वाइलर कुखुरा बर्डप\mलुको हल्लाका कारण बिक्री कम भएको र उत्पादन बढिरहेको कारण कुखुरापालकहरूले ज्युंदो कुखुरा प्रतिकेजी ११० सम्म बिक्री गरेको र हाल ६० रुपियांमा बिक्री गर्दा पनि पुरानै दरमा आम उपभोक्ताले खरिद गर्नु दुःखद कुरा हो ।
बानियांले कुखुरा पालकहरूलाई नैं अहिले प्रतिकेजी ७५ पर्न गए पनि ६० रुपियांमा बिक्री गर्नुपरेको बाध्यतात्मक परिस्थितिमा बिक्रेताहरूले उपभोक्तालाइ सहुलियतमा बिक्री नगर्दा खपत घटेर कुखुरापालकहरू थप जोखिममा परेका तथा बिक्रेताहरूले एकतर्फी मुनाफा आर्जन गरिरहेको आरोप लगाउनुभएको थियो । उहांका अनुसार आम उपभोक्ताले कुखुराको मासु प्रतिकेजी ८० रुपियांमा प्राप्त गर्दा पनि बिक्रेतालाई मुनाफा नैं हुन जान्छ ।
वीरगंजमा १३ वटा फर्मबाट पर्याप्त कुखुरा बजारमा गइरहेका कारण भारतीय कुखुरा न्यूनरूपमा आएको उहांले बताउनुभयो

खानेपानीको पक्षमा फैसला

जीतलाल श्रेष्ठ, बारा, ३० असार/
साना शहरी खानेपानी योजना लागू गर्ने विषयमा २ करोड रुपियां फसेको जनाउंदै योजनाका ठेकेदार सानुकाजी श्रेष्ठले बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाविरुद्ध जाहेर गरेको मुद्दा अदालतले खानेपानी संस्था निजगढको पक्षमा फैसलमा गरेको छ ।
करिब १ महिना अगाडि उक्त मुद्दाको फैसला गरिदिएको संस्थाका सहसचिव महेशी कुंवरले जानकारी दिनुभयो । स्थानीय उपभोक्तामध्ये केही उपभोक्ताहरूले योजना लागू गर्नुपर्ने पक्षमा संस्थाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
पुनरावेदन अदालत ललितपुर र सर्वोच्च अदालत काठमाडौंंले दुवै मुद्दालाई खानेपानी संस्था र उपभोक्ताहरूको मागलाई मध्यनजर राखी संस्थाको पक्षमा फैसला गरी दुवै मुद्दालाई किनारा लगाएको थियो ।­



किरियाखर्च अवरुद्ध सडक सुचारु

प्रस, कलैया, ३० असार/
सोमवार बिहानैदेखी बन्द रहेको कलैया बजार एवम कलैया वीरगंज सडकखण्डमा यातायात अपराहन साढे चार बजेदेखि सुचारु भएकोे छ ।
अज्ञात समूहले बारा कलैया-७ निवासी ३० वषर्ीय रसुल मियां अंसारीको गोली हानी हत्या गरेको विरोधमा बजार तथा यातायात बन्द भएको हो ।
जिल्ला सुरक्षा समिति, बाराले मृतकको काजकिरियाको लागि १० हजार रुपियांको चेक उपलब्ध गराएको थियो । समितिले मृतकलाई शहीद घोषणा एवम १० लाख रुपियां क्षतिपूर्ति दिन नेपाल सरकारलाई सिफारिश गर्ने सहमतिमा यातायात एवं बजार खुलेको समितिको एक उच्च स्रोतले जनाएको छ । पीडित परिवार यातायात मजदुर र स्थानीय प्रशासनबीच यस्तो सहमति भएको मजदुर संगठनका अञ्चल सदस्य मुक्ति यादवले प्रतीकलाइ बताए ।

अदालतको आदेशविपरित घर तोडेको आरोप

प्रस, कलैया, ३० असार/
पुनरावेदन अदालत, हेटौंडाका माननीय न्यायाधीश उद्धवप्रसाद बास्कोटाको इजलासले असार २७ गते दिएको अन्तरिम आदेशविरुद्ध सडक विस्तारको क्रममा गंजभवानीपुरमा घर तोडिएको आरोप लगाइएको छ । गाविस गंजभवानीपुरले डोजर लगाई आइतवार राति आठ बजे गंजभवानीपुर-३ का नथुनी ठाकुर लोहारको घर भत्काएको आरोप उनका छोरा हरेन्द्र ठाकुरले लगाएका छन् । घर भत्काइंदा करिब १० लाख बराबरको सम्पत्ति नष्ट भएको ठाकुरको दाबी थियो ।
उक्त सडकले गंजभवानीपुर, मलनी, बजनी, गालोपट्टी र बरियारपुरलगायत स्थानीय मानिसलाइ आवतजावतको सुविधा दिनेछ । सडक मिचिएको कारण ठाकुरको घर बिहान आठ बजे तोडिएको दाबी स्थानीय व्यक्तिले गरेका छन् ।

No comments: