Sunday, July 13, 2008

मोटरसाइकल चोर पक्राउ

प्रस, लङ्गडी, २९ असार/
नेपालबाट चोरीको मोटरसाइकल भारतमा तथा भारतबाट नेपालमा लगी बेच्ने चोर गिरोहलाई पक्रन नेपाल प्रहरी सफल भएको छ ।
भारत, सिक्टा थाना श्रीसिया, बैलबजार निवासी २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । साहले पोखराबाट चोरी भएको ग. १ प ५००१ नम्बरको एलएमएल मोटरसाइकल भारतमा बेचेको थियो ।
घटना विवरण अनुसार साहलाई पोखरा महेन्द्रपुल वडा प्रहरीले पक्राउ गरेपछि उसको बयानको आधारमा पोखराबाट असइ महेन्द्र साहको नेतृत्वमा आएको प्रहरी टोलीले पर्सा जिल्ला प्रहरी मार्फत भारतीय प्रहरीको सहयोगमा भारतको बैशखाबाट मोटर साइकल बरामद गरेको छ ।
नेपाल प्रहरी तथा पश्चिम चम्पारण गोपालपुर थानाको सहयोगमा बैशखा निवासी कुखुरा व्यापारी धु्रव साहसंग सो मोटरसाइकल बरामद गरिएको ज्रि्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि मोटरसाइकलसहित प्रहरीले पोखरा लगेको छ ।

तस्करीको मल लुट्न खोज्दा प्रहरी हस्तक्षेप
प्रस, लङगडी, २९ असार/
तस्करहरूको मल स्थानीय बासिन्दाले लुट्न खोज्दा प्रहरीले संरक्षण गरी अन्यत्र पठाएको छ ।
घटना पर्सा जिल्लाको सम्भौता-२ भेडिहर्वाको हो । गए राति भारतीय तस्करहरूले सुरक्षाकर्मीको सहयोगमा नेपाल भित्र्याएका १ सय ५० बोरा डीएपी तथा युरिया मल भेडिहर्वाको रामाज्ञा साह कानूको घरमा राखेको बेला गाउंलेले सो मल आज बिहान लुट्ने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
कृषकलाई मल ल्याउन भारतीय एसएसबीले रोक लगाउने तर तस्करलाई संरक्षण दिई तस्करी गराउने आरोप लगाउंदै गाउंलेले सो मल लुटने प्रयास गरेपछि प्रहरी चौकी टिहुकीका प्रहरी त्यहां पुगी गाउंलेलाई तितरबितर पारेको थियो । पछि तस्करहरूले सो मल अन्यत्र लगेका थिए ।

No comments: