Wednesday, July 16, 2008

प्रहरी कार्यालयमा अभियुक्तको हालीमुहाली

प्रस, वीरगंज, १ असार/
आमाको हत्यारालाई कानुनको कठघरामा उभ्याउन न्यायको खोजीमा हिंडेकी अमना खातुन अन्ततः आफनै घरबाट बाहिरिनुपर्ने अवस्थामा पुगेकी छन । वीरगंज-१५ निवासी अली हुसेन मियां अंसारीकी कान्छी पत्नी तथा अमना खातुनकी आमा मदिना खातुनको मिति २०६२/६/२० गते राति वीरगंज-१८ चिमनीभट्ट िनजिक क्रूरतापूर्वक हत्या गरिएको बीभत्स लाश फेला परेको थियो ।
तीन छोरीकी आमा खातुनले हत्या हुनुभन्दा पहिले सौतिने छोरा ऐनुल हक अंसारीले हत्या गर्ने योजना बनाइरहेको भन्दै पटक-पटक जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय, पर्सामा शान्ति सुरक्ष्ँाको माग गर्दै निवेदन दर्ता गराएकी थिइन् ।
अलि हुसेन, उसकी जेठी पत्नी आएशा खातुन र कान्छी मदिना खातुनबीच जिल्ला अदालत पर्साले घर-जग्गासमेत छुट्याएर फैसला गरिसकेको थियो । कान्छी मदिना खातुनको भागमा वीउमनपा-१५ मुर्ली नयकाटोलास्थित एकतल्ले पक्की घर र १६ धुर घडेरी परेको थियो ।
मदिना जीवित छंदा घर-घडेरी हडप्नको लागि पटक-पटक ज्यान मार्ने दुष्प्रयास भइरहेको भन्ने प्रहरी प्रशासनमा उनले चढाएको जाहेरीमा उल्लेख थियो ।
माइली छोरीलाई भेटन बारा, पर्सौनी जान हिंडेकी ६५ वषर्ीय मदिनाको लाश एक दिनपछि भेटिएको थियो ।
लाश फेला परेको स्थानबाट बरामद सामान तथा दसी-प्रमाणलाई आधार बनाई मदिनाका जेठा ज्वाइं रहमद अंसारीले सौतने छोरा ऐनुल हक र निजका छोरा महमुद अंसारीलगायत ४ जनाको नाममा प्रहरीमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरी परेकामध्ये तीनजना तत्कालै फरार भए पनि ऐनुल हकलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । पक्राउ परेकालाई निगरानी, अनुसन्धानमा रहने गरी केही दिनमैंं प्रहरीले मुक्त गरेको थियो ।
प्रहरीबाट छुटेपछि ऐनुल हकले किर्ते बेहोरा पेश गरी मृतक मदिना खातुनको जग्गामध्ये त्यति बेला बांकी रहेको ६ धुर जग्गासहितको घर आप\mनो नाममा गराएको अदालतको मिसिलले देखाउंछ । ऐनुल हकले जिल्ला अदालतमा पेश गरेको कागजमा स्व. अलि हुसेन मियांकी एक मात्र पत्नी मदिना खातुन र मृतकको कोखबाट जन्मेको एक मात्र छोरा आफू हुं भनेर झूटो बेहोराको कागज पेश गरेको देखिन्छ ।
त्यसैगरी मृतक मदिना खातुन आप\mनै घरमा कालगतिले मरेको भनेर झूटो बेहोराको कागजसमेत पेश गरेको रहस्य खुलेको छ ।
मृतक मदिनाको स्याहारसुसार गर्दै आएका जेठी छोरी-ज्वाइंले मृतकको लाश बुझनुका साथै काजक्रियासमेत आमा मदिनाको घरमैं बसेर गरेको कुरा स्थानीय बासिन्दाले बताएका छन् । सो घरजग्गा ऐनुल हकले आप\mनो नाममा खाली गराउने प्रयास गरेपछि ऐनुलको जालसाजी खुलेको थियो । उता ऐनुल हकले अमना खातुनलाई प्रहरीमा बोलाउंदै हप्ता दिन, १५ दिनको म्याद दिंदै घर जग्गा छोड्न दबाब दिंदै आएको छ । हत्याका आरोपी ऐनुल हक र उसको छोरा महमुद अंसारीको उपस्थितिमा अमनालाई सो घरबाट हटाउन वडा प्रहरी कार्यालय, श्रीपुरले बितेको मङ्सीर १६ गते अमनालाई लिखित चेतावनी दिएको थियो भने पुस १५ गते ऐनुल हकका छोरा हत्याका आरोपित महमुद अंसारीले ज्रि्रका, पर्सर्ाा भएको घर खाली गराउने कागजमा सही गरेको छ ।
हत्याको किटानी जाहेरी परेका अभियुक्तहरूमाथि अनुसन्धान कारबाई गर्नुको सट्टा उनीहरूकै पक्ष लिएर पीडित अमनालाई घर खाली गराउने र मानसिक यातना दिने काम प्रहरीले गरेपछि अमनाले प्रहरीविरुद्ध पुनरावेदन गरेकी थिइन् ।
पुनरावेदनले जिल्ला प्रहरीलाई सोधेको प्रश्नको जवाफमा पर्सर्ाा्रहरी उपरीक्षकले मिति २०६४ मङ्सीर २३ गते पुनरावेदन अदालत, हेटौंडामा चढाएको पत्रमा प्रतिवादीलाई पक्राउ गर्न खोजतलाश र अनुसन्धान भइरहेको झूटो बेहोरा पेश गरेर अदालतलाई झुक्याएको देखिन्छ ।
प्रहरीले अदालतलाई झुक्याएपछि प्रहरीविरुद्ध अमनाको पुनरावेदन खारेज भएको छ भने जालसाजी गरेविरुद्ध अमनाले पर्सर्ााजल्ला अदालतमा चढाएको मुद्दा हाल विचाराधीन छ । मुद्दा विचाराधीन रहेको भए तापनि प्रहरीले फरार भनिएको ऐनुल हकलगायतका व्यक्तिले सोही प्रहरी प्रयोग गरेर अमनालाई घर निकाला गर्ने धाकधम्की देखाउने कार्य भने जारी छ ।

प्रहरीले अदालतलाई झुक्यायो

मदिना हत्याका आरोपित ऐनुल हक, निजका छोरा महमुदलगायत चारजनाको नाममा किटानी जाहेरी छ । आरोपितमाथि अनुसन्धान, कारबाई तथा धरपकड प्रहरीले नगरेको विषयमा अमना खातुनले दिएको रिटमा पुनरावेदन अदालत, हेटौडाले सोधेको प्रश्नमा जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा अभियुक्तहरूको खोजीकार्य जारी रहेको पुनरावेदन अदालतमा जवाफ पेश गरेको छ ।
प्रहरीले अदालतलाई आरोपीको खोज भइरहेको, पक्राउ हुन नसकेको जवाफ मङ्सीर २३ गते दिएको थियो । तर मङ्सीर १६ गते वडा प्रहरी कार्यालय, श्रीपुर र पुस १५ गते जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा अभियुक्त प्रहरीसंगै बसेर मृतककी छोरी आमना खातुनलाई घर खाली गर्न लिखित कागज बनाएको र त्यो कागजमा आरोपीको सहीछाप पनि देखिन्छ । सोही आरोपी नभेटिएको प्रहरी जवाफले अदालतद्वारा अमनाको रिट खारेज गरियो ।

तार चोर फरार, प्रहरी जवानमाथि कारबाई

प्रस, वीरगंज, १ साउन/
जिल्ला प्रहरी कार्यालय, पर्सर्ाा तार चोरीको अभियोगमा पक्राउ परेका दर्ुइ चोरलाई हथकडीसहित भगाएको आरोपमा चारजना प्रहरीमाथि कारबाई सुरु गरेको छ ।
हिजो राति टेलिकमको तार चोरी गरेको अभियोगमा नाम नखुलेका दर्ुइजनालाई ज्रि्रका, पर्सर्ाा प्रहरी नायब निरीक्षक मदन ठाकुरको कमान्डमा रहेको प्रहरीले पक्राउ गरी रानीघाटस्थित अस्थायी प्रहरी चौकीलाई बुझाएको थियो ।
हथकडीसहित बुझाइएका दर्ुइ तारचोर राति भगेपछि पर्सर्ाा्रहरीले रानीघाट अस्थायी प्रहरी चौकीका प्रहरी जवानद्वय वैद्यनाथ पौडेल र गोविन्द सुवेदीलाई आज हिरासतमा राखेर विभागित कारबाई सुरु गरेपछि उनीहरूले चौकीका इन्चार्ज मुन्ना मिश्र र मदन ठाकुरको आदेशमा अभियुक्तद्वयलाई छाडेको बयान दिएपछि दुवैमाथि विभागीय कारबाई सुरु भएको प्रहरीले जनाएको छ ।

कृपा दैनिकमा आक्रमण र तोडफोड

प्रस, वीरगंज, १ साउन/
वीरगंजबाट प्रकाशित हुने कृपा दैनिकको कार्यालयमा आज मधेशी जन अधिकार फोरमको भातृ स·ठन मधेशी युवा फोरमका कार्यकर्ताले तोडफोड गरेका छन् ।
युवा फोरमका अध्यक्ष विन्देश्वर यादवको २५ जना जतिको सङ्ख्यामा रहेका युवकहरूले कार्यालयमा आएर शुभलक्ष्मी अफसेट प्रेसमा कार्यरत मर्ुर्ली १५ का जीतेन्द्र साहसमेत आफूलाई कुटपिट गरेको कृपा दैनिकका प्रकाशक/सम्पादक कमल उपाध्यायले बताउनुभएको छ ।
हिजो केडिया आयल स्टोरमा फोरमका युवकहरूले राति ९ बजे पेट्रोलियम पदार्थको विषयलाई लिएर हल्लीखल्ली मच्याएपछि स्टोरका कर्मचारीले आफूलाई सूचना गरेको र प्रहरीलाई खबर गरेको विषयलाई लिएर कार्यालयमा आई दिउंसो १ः३० बजे तोडफोड, कुटपिट गरेको प्रकाशक उपाध्यायले बताए । पत्रिका र प्रकाशक गृहमा तोडफोड गरेको कुरालाई पत्रकार महासङ्घ, पर्सर्ाा रेडियो वीरगंज, प्रेस चौतारी, मेची-महाकाली मिडिया सोसाइटीले विरोध एवं भर्त्सना गरेको छ ।
त्यसैगरी बारास्थित पत्रकारका स·ठनले कृपा दैनिकको वीरगंजस्थित कार्यालयमा भएको तोडफोड र दर्ुर्ब्यवहारको भर्त्सना गरेका छन् । बुधवार नेपाल पत्रकार महासङ्घ बारा एवम रिपोर्र्टर्स क्लब बाराले छुट्टाछुट्टै विज्ञप्तिमार्फत् घटनाको भर्त्सना गरेका छन्।

बम विस्फोटमा एक पत्रकार घाइते

प्रस, वीरगंज, १ साउन/
वीरगंजको घण्टाघरमा आज दिउंसो ५ः३० बजे बम विस्फोट हुंदा सत्य सन्देश दैनिकमा कार्यरत एवं नेपाल पत्रकार महासङ्घ, पर्सर्ाााखाका सदस्य प्रकाश तिवारी घाइते भएका छन् ।
अज्ञात समूहले राखेको टाइम बम विस्फोट हुंदा कामविशेषले सो ठाउंमा पुगेका पत्रकार तिवारी मोटरसाइकलमा उत्रिनासाथ विस्फोटमा परी घाइते भएका थिए । उनको पिठ्यूंमा सात ठाउंमा र्छरा लागेको छ ।
वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई आज राति नैं काठमाडौं लगिएको छ ।
घटनाको जिम्मेवारी डिफेन्स आर्मीका केन्द्रीय सदस्य मिस्टर राजुले लिएका छन् । र्सार्वजनिक ठाउंमा टाइम बम राखेर आम जनमानसलाई क्ष्ँति पुर्‍याउने काम गरेको र सोबाट पत्रकार तिवारी घाइते हुन गएकोमा नेपाल पत्रकार महासङ्घ, पर्सर्ाााखा एवं प्रेस चौतारी, पर्सर्ााथा मेची-महाकाली मिडिया सोसाइटीले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी घटनाको भर्त्सना गरेका छन् ।
सोही घटनामा देवनारायण साहको देब्रे छातीमा र्छरा लागेर घाइते भएको थाहा हुन आएको छ ।

हतियार खरखजाना अपराधमा एकजना पक्राउ

प्रस, वीरगंज, १ साउन/
पर्सर्ाा्रहरीले वीउमनपा-३ छपकैया निवासी मुस्तफा अलि अंसारीलाई हिजो राति पक्राउ गरी हातहतियार खरखजानामा मुद्दा चलाएको छ । प्रहरीले बम विस्फोट, फिरौति, हत्यालगायत घटनामा संलग्न रहेको आशड्ढामा अलीलाई हिजो राति छपकैयाबाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीले जनाए अनुसार निजबाट अत्याधुनिक स्वचालित हतियार, पेस्तोल थान एक, सोमा प्रयोग हुने गोली ५ थान, खोका १, फिरौति चन्दाको लेटरप्याडहरू, मोबाइल एक थान बरामद गरी विभिन्न घटनामा संलग्न रहेको प्रमाणको आधारमा कारबाई प्रारम्भ गरेको जनाएको छ ।
यसैबीच पक्राउ परेका अलीका दाजु युनुस मियां मंसुरीले आज पत्रकार सम्मेलन गरी आप\mना भाइ अली साथीभाईसंग कुराकानी गरी बसिरहेको अवस्थामा राति १०ः४५ बजे सादा पोशाकमा आएका प्रहरीले कट्टु र गन्जी लगाएको अवस्थामा पक्राउ गरेको र पछि निजलाई फसाउने नियतले हातहतियारसमेत रहेको जिकिर गरेको बताएका छन् ।
उनले भाइ अली भूमिगत स·ठनमा संलग्न रहे तापनि परिवारको दबाबमा संविधानसभा चुनावलगत्तै अञ्चल प्रहरी कार्यालय वीरगंजका वरिष्ठ प्रहरी उपरीक्ष्ँक रमेशशेखर बज्राचार्यसमक्ष आत्मर्समर्पण गरेको र पुरानो पेशा सवारीचालक भएर काम गरिरहेको अवस्थामा प्रहरीले भाइलाई पक्राउ गरी कठोर यातना दिएर आरोप स्वीकार गर्न लगाएको बताउनुभयो ।
उहांले प्रहरीमा आत्मर्समर्पण गरेको भाइलाई पुनः प्रहरीले नैं पक्राउ गरी यातना दिएर पुरानो अपराध स्वीकार गराउन लगाउनु दुःखद कुरा भएको बताउनुभयो ।
यसबारे अञ्चल प्रहरी कार्यालय, वीरगंजका प्रहरी वरिष्ठ उपरीक्ष्ँक रमेश शेखर बज्राचार्यसंग बुझदा उहांले सभासद्हरूसंग आएर चुनावलगत्तै अलीले आत्मर्समर्पण गरी प्रहरीलाई सहयोग गरिरहेको स्वीकार गर्नुभएको छ । वप्रउ बज्राचार्यले अलीले नयां कुनै अपराध गरेको सर्न्दर्भमा पर्सर्ाा्रहरीले पक्राउ गरेको हो भने आफूलाई जानकारी नभएको पनि बताउनुभएको छ ।

नियमावली लागू भएपछि भंसार एजेन्टहरू हडतालमा

प्रस, वीरगंज, १ साउन/
सरकारले भंसार एजेन्ट सम्बन्धी नियमावली आजदेखि लागू गरेपछि सोको विरोधमा वीरगंज भंसार र सुख्खा बन्दरगाह सिर्सियाको निकासी-पैठारी ठप्प गरी भंसार एजेन्टहरूले विरोध गरेका छन् ।
आजदेखि लागू गरिएको नियमावली खारेज गरी पुरानै नियमावली अनुसार काम कारबाई गर्नुपर्ने माग राख्दै भंसार एजेन्ट महासङ्घले आजबाट अनिश्चितकालीन हड्ताल सुरु गरेको छ । महासङ्घको हडतालले गर्दा आज वीरगंज भंसारबाट पेट्रोलियम पदार्थबाहेक कुनै पनि वस्तु आयात-निर्यात भएन ।
भंसार एजेन्ट महासङ्घका प्रतिनिधि भरत पाठकले सरकारले नियमावली संशोधन गरी पुरानै नियमावली कायम नगरेसम्म हडताल नतोडिने जानकारी गराउनुभएको छ ।


अनुमानको भरमा पठन-पाठन

प्रस, निजगढ, १ साउन/
पाठ्यपुस्तकको अभावमा बारा ज्ािल्लाको ग्रामीण भेगका अधिकांश माध्यमिक विद्यालयका कक्षा ९ र १० मा पुराना किताबबाट अनुमानको भरमा पठन-पाठन भइरहेको छ ।
नयां पाठ्यपुस्तक उपल्ाब्ध नभएपछि शिक्षकहरू विद्यार्थीहरूलाई पुराना पुस्तकबाट अनुमानको भरमा पढाइरहेको लालरतनपुरी गाविसस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक कनकलाल गुरोले बताउनुभयो ।
विद्यालयमा प्रथम त्रैमासिक परीक्षा नजिक आइसक्दा पनि शिक्षक र विद्यार्थीले नयां पाठ्यपुस्तक देख्न नपाएपछि अनुमानको भरमा पढाउनु परको गुरोले बताए ।
एस एल सी परीक्षामा कक्षा १० को पाठ्यपुस्तकबाट मात्र प्रश्न तयार पारिन थालेपछि सरकारले यो वर्षेखि कक्षा ९ र १० को पाठ्यपुस्तकमा संशोधन गरेको हो । संशोधनमा कक्षा ९ का केही पाठहरूलाई १० मा र उक्त कक्षाका पाठ हटाएर ९ मा थपिएको छ । दुवै कक्षामा केही थोरै पाठ नयां थपिएका समेत छन् ।
विद्यालयका शिक्षक र विद्यार्थीहरूको हातमा अहिलेसम्म पाठयपुस्तक नपरेकोले कुन पाठ थपघट भएको भन्ने थाहा पाउन नसकेर पठनपाठनमा समस्या परेको शिक्षकहरू बताउंछन् । विद्यालयमा पाठ्यपुस्तक वितरणको जिम्मा पाएको साझा प्रकाशनका बिक्रेताहरू सदरमुकाम र सहर बजारमा मात्र सीमित भएकाले ग्रामीण भेगका विद्यार्थीहरूले पुस्तक पाउन नसकेका हुन् । बिक्रेतासंग आएका सीमित पुस्तक सहर बजारका विद्यार्थीहरूले सिध्याइदिने हुंदा दर्ुगमका विद्यार्थीहरूले पाउन सकेका छैनन् । सीमित पुस्तक बजारमा आएकोले सहर बजार र सदरमुकामका विद्यार्थीहरूलाई नै पर्याप्त नभएको गौरीशड्ढर पुस्तक पसल निजगढका बिक्रेता महेश भण्डारी बताउनुहुन्छ ।


मधेशी महिला यात्रु मध्यस्थकर्ता

प्रकाश लम्साल
पथलैया /१ साउन
कुनै पनि क्षेत्रमा विरलै प्रस्तुत हुने मधेशका महिलाहरूमध्येबाट भवानी तिवारी, २७ ले आफूलाई मधेशको पहिलो यात्रु मध्यस्थकर्ताको रूपमा परिचय बनाई कार्य गर्न थालेकी छन् ।
५ महिना अघि पतिको मृत्यु भए पछि ४ छोरीहरूकी आमा तिवारीले बांच्ने आधार केही नभएपछि बाराको पथलैया चोकलाई कर्मथलो बनाएकी हुन् ।
वीरगंज उपमहानगरपालिका वडा नं. १६ घर भई सामान्य लेखपढ जानेकी तिवारी सत्यधर्म नामक संस्थाबाट बारा पर्सर्ाा सीमावर्ती क्षेत्रहरूका बासिन्दाहरूलाई सत्मार्गमा लाग्न पे्ररित गर्दै भजन प्रवचनजस्ता धार्मिक कार्यमा जुटेकी थिइन् ।
दलाली पेशालाई पहिले प्रवचन गरेकै कारण ठूलो मदत पुगेको बताउने तिवारी यस पेशालाई हर्ेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन स्पष्ट शैली, नम्रता, सहनशीलता र आचरणको ठूलो खांचो रहेको बताउंछिन् ।
यस पेशामा पति र उनका सहकर्मीहरूको प्रेरणाका कारण लागेकी बताउने तिवारीले दैनिक कमिशनबापत १ सयदेखि दर्ुइ, तीन सय रुपियांसम्म कमाउने गर्छिन् ।
"टिकट समात्नु, बसको ढोकामा झुन्डिनु, ढोकामैं टिकट काट्नु, प्रत्येक दिन एकाध यात्रुसंग वादविवाद हुनु, घामपानी नभनी सडकमै चहार्नु दैनिकी बनेको छ" तिवारीको ।
सधै नयां मान्छे, विभिन्न स्वभावका यात्रुहरूबीच सङ्घले तोकेको भाडा विवाद नै यस पेशाको मुख्य चुनौती हो । यही विषयमा कहिलेकाहीं यात्रु, सवारी बस र दलालहरूबीच त्रिपक्षीय द्वन्द्व हुने गर्छ, यो नै यस पेशाको दुःखद पक्ष हो तिवारी बताउंछिन्।
यात्रु र सवारी साधनबीच मध्यस्थता, समन्वय र प्रभाव पार्न सक्ने क्षमताकै कारण नारायणी यातायात बस व्यवसायी सङ्घले पश्चिम-उत्तर क्षेत्र टिकट काउन्टरमा उनलाई जिम्मेवारी दिएको छ ।
यस पेशामा धेरैको स्याबासी र माया पाएर फुरुक्क परेकी तिवारी धार्मिक कार्यमा आत्मसन्तुष्ट भए पनि बांच्न र बालबच्चाको पालनपोषण गर्न यो पेशा अपनाएको र यही पेशालाई निरन्तरता दिने बताउंछिन् ।
उनले गरेको कार्य हाम्रो समाजको लागि ठूलो उदाहरण भएको स्थानीय पत्रकार गम्भीरा सहनी भन्छन्- मधेशका अन्य समुदायका लागि पनि उनी प्रेरणाको स्रोत बनेकी छन् । त्यो त तिवारी आफैं भन्छिन्- मेरो यस पेशामा सहभागिता मधेशी समुदायकै लागि ठूलो गौरव हो ।

Monday, July 14, 2008

गाविसका पूर्व अध्यक्षहरू प्रहरी खोरमा

प्रस, वीरगंज, ३० असार/
विभिन्न आरोप-प्रत्यारोपका कारण विवाद बढेपछि प्रहरीले तीनजना पूर्व गाविसअध्यक्ष सहित ७ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा पर्नेहरुमा सबैठवाका पूर्व गाविस अध्यक्षत्रय रामकलशप्रसाद बरै, नसरुल्लाह आलम, भक्तबहादुर क्षत्री, माओवादीका प्रतिनिधि महेन्द्र राम, राप्रपाका लेखमान पटेल, बागेशप्रसाद गोढ र बबलु श्रीवास्तव रहेका छन् ।
बबलु श्रीवास्तवलाई जिविस, पर्साको गेटबाट अपहरणको शैलीमा टाटा सुमोमा राखी गाउंमा पञ्चायती गर्न लगिरहेको बेला ६ जनालाइ पक्राउ गरी वडा प्रहरी कार्यालय, श्रीपुरमा बुझाएका थिए ।
गाउंको विकास रकम रोक्का गराइदिएको आरोपमा श्रीवास्तवलाई जबरजस्ती लान खोजेको प्रहरीले जनाएको छ । प्रहरीले सातैजनालाई ज्रि्रकाको थुनुवामा राखी अनुसन्धान सुरु गरेको छ ।

चन्दा नदिंदा बम विस्फोट

प्रस, वीरगंज, ३० असार/
चन्दा नदिएको रिसले वीरगंजको बाइपास सडकस्थित एक होटलमा जनतान्त्रिक तर्राई मुक्ति मोर्चा ज्वाला समूहले बम विस्फोट गराएको छ ।
राति करिब ८ः३० बजे बाइपासस्थित हरियाली रेस्टुरेन्टको घर नजिकै रहेको एक साधारण होटलमा सो विस्फोट भएको हो । विस्फोटमा वीरगंज मुरर््र्ली निवासी रुस्तम मियां घाइते भएको वडा प्रहरी कार्यालय, श्रीपुरका प्रनि रामेश्वर यादवले जानकारी गराउनुभयो ।
घाइतेको उपचार नारायणी उपक्षेत्रीय अस्पताल, वीरगंजमा भइरहेको छ । विस्फोटमा उनको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको यादवले बताए । विस्फोटको जिम्मेवारी मोर्चाका देवराज बताउनेले फोनमार्फत लिएका छन् ।

उत्पादक र उपभोक्ता ठगीमा व्यापारी मालामाल

प्रस, वीरगंज, ३० असार/
ब्वाइलर कुखुराका बिक्रेताहरूले आम उपभोक्तालाई ठगिरहेको कुरा तराइ कुखुरा विकास सङ्घका अशोक बानियांले बताउनुभएको छ ।
उहांले कुखुरापालकहरूबाट बिक्रेताले जिउंदो कुखुरा रु. ६० प्रतिकिलो खरिद गरी कुखुराको मासु प्रतिकेजी १६० मा बिक्री गर्दा पनि उपभोक्ता हितका लागि गठित समितिहरू र आम उपभोक्ता चुप लागेर बसेकोमा आक्रोश व्यक्त गर्नुभएको थियो ।
बानियांले ब्वाइलर कुखुरा बर्डप\mलुको हल्लाका कारण बिक्री कम भएको र उत्पादन बढिरहेको कारण कुखुरापालकहरूले ज्युंदो कुखुरा प्रतिकेजी ११० सम्म बिक्री गरेको र हाल ६० रुपियांमा बिक्री गर्दा पनि पुरानै दरमा आम उपभोक्ताले खरिद गर्नु दुःखद कुरा हो ।
बानियांले कुखुरा पालकहरूलाई नैं अहिले प्रतिकेजी ७५ पर्न गए पनि ६० रुपियांमा बिक्री गर्नुपरेको बाध्यतात्मक परिस्थितिमा बिक्रेताहरूले उपभोक्तालाइ सहुलियतमा बिक्री नगर्दा खपत घटेर कुखुरापालकहरू थप जोखिममा परेका तथा बिक्रेताहरूले एकतर्फी मुनाफा आर्जन गरिरहेको आरोप लगाउनुभएको थियो । उहांका अनुसार आम उपभोक्ताले कुखुराको मासु प्रतिकेजी ८० रुपियांमा प्राप्त गर्दा पनि बिक्रेतालाई मुनाफा नैं हुन जान्छ ।
वीरगंजमा १३ वटा फर्मबाट पर्याप्त कुखुरा बजारमा गइरहेका कारण भारतीय कुखुरा न्यूनरूपमा आएको उहांले बताउनुभयो

खानेपानीको पक्षमा फैसला

जीतलाल श्रेष्ठ, बारा, ३० असार/
साना शहरी खानेपानी योजना लागू गर्ने विषयमा २ करोड रुपियां फसेको जनाउंदै योजनाका ठेकेदार सानुकाजी श्रेष्ठले बाराको निजगढस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाविरुद्ध जाहेर गरेको मुद्दा अदालतले खानेपानी संस्था निजगढको पक्षमा फैसलमा गरेको छ ।
करिब १ महिना अगाडि उक्त मुद्दाको फैसला गरिदिएको संस्थाका सहसचिव महेशी कुंवरले जानकारी दिनुभयो । स्थानीय उपभोक्तामध्ये केही उपभोक्ताहरूले योजना लागू गर्नुपर्ने पक्षमा संस्थाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।
पुनरावेदन अदालत ललितपुर र सर्वोच्च अदालत काठमाडौंंले दुवै मुद्दालाई खानेपानी संस्था र उपभोक्ताहरूको मागलाई मध्यनजर राखी संस्थाको पक्षमा फैसला गरी दुवै मुद्दालाई किनारा लगाएको थियो ।­



किरियाखर्च अवरुद्ध सडक सुचारु

प्रस, कलैया, ३० असार/
सोमवार बिहानैदेखी बन्द रहेको कलैया बजार एवम कलैया वीरगंज सडकखण्डमा यातायात अपराहन साढे चार बजेदेखि सुचारु भएकोे छ ।
अज्ञात समूहले बारा कलैया-७ निवासी ३० वषर्ीय रसुल मियां अंसारीको गोली हानी हत्या गरेको विरोधमा बजार तथा यातायात बन्द भएको हो ।
जिल्ला सुरक्षा समिति, बाराले मृतकको काजकिरियाको लागि १० हजार रुपियांको चेक उपलब्ध गराएको थियो । समितिले मृतकलाई शहीद घोषणा एवम १० लाख रुपियां क्षतिपूर्ति दिन नेपाल सरकारलाई सिफारिश गर्ने सहमतिमा यातायात एवं बजार खुलेको समितिको एक उच्च स्रोतले जनाएको छ । पीडित परिवार यातायात मजदुर र स्थानीय प्रशासनबीच यस्तो सहमति भएको मजदुर संगठनका अञ्चल सदस्य मुक्ति यादवले प्रतीकलाइ बताए ।

अदालतको आदेशविपरित घर तोडेको आरोप

प्रस, कलैया, ३० असार/
पुनरावेदन अदालत, हेटौंडाका माननीय न्यायाधीश उद्धवप्रसाद बास्कोटाको इजलासले असार २७ गते दिएको अन्तरिम आदेशविरुद्ध सडक विस्तारको क्रममा गंजभवानीपुरमा घर तोडिएको आरोप लगाइएको छ । गाविस गंजभवानीपुरले डोजर लगाई आइतवार राति आठ बजे गंजभवानीपुर-३ का नथुनी ठाकुर लोहारको घर भत्काएको आरोप उनका छोरा हरेन्द्र ठाकुरले लगाएका छन् । घर भत्काइंदा करिब १० लाख बराबरको सम्पत्ति नष्ट भएको ठाकुरको दाबी थियो ।
उक्त सडकले गंजभवानीपुर, मलनी, बजनी, गालोपट्टी र बरियारपुरलगायत स्थानीय मानिसलाइ आवतजावतको सुविधा दिनेछ । सडक मिचिएको कारण ठाकुरको घर बिहान आठ बजे तोडिएको दाबी स्थानीय व्यक्तिले गरेका छन् ।

Sunday, July 13, 2008

मोटरसाइकल चोर पक्राउ

प्रस, लङ्गडी, २९ असार/
नेपालबाट चोरीको मोटरसाइकल भारतमा तथा भारतबाट नेपालमा लगी बेच्ने चोर गिरोहलाई पक्रन नेपाल प्रहरी सफल भएको छ ।
भारत, सिक्टा थाना श्रीसिया, बैलबजार निवासी २३ वर्षीय रमेश साहलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । साहले पोखराबाट चोरी भएको ग. १ प ५००१ नम्बरको एलएमएल मोटरसाइकल भारतमा बेचेको थियो ।
घटना विवरण अनुसार साहलाई पोखरा महेन्द्रपुल वडा प्रहरीले पक्राउ गरेपछि उसको बयानको आधारमा पोखराबाट असइ महेन्द्र साहको नेतृत्वमा आएको प्रहरी टोलीले पर्सा जिल्ला प्रहरी मार्फत भारतीय प्रहरीको सहयोगमा भारतको बैशखाबाट मोटर साइकल बरामद गरेको छ ।
नेपाल प्रहरी तथा पश्चिम चम्पारण गोपालपुर थानाको सहयोगमा बैशखा निवासी कुखुरा व्यापारी धु्रव साहसंग सो मोटरसाइकल बरामद गरिएको ज्रि्रका, पर्साले जनाएको छ ।
पक्राउ परेका साहलाई थप अनुसन्धानको लागि मोटरसाइकलसहित प्रहरीले पोखरा लगेको छ ।

तस्करीको मल लुट्न खोज्दा प्रहरी हस्तक्षेप
प्रस, लङगडी, २९ असार/
तस्करहरूको मल स्थानीय बासिन्दाले लुट्न खोज्दा प्रहरीले संरक्षण गरी अन्यत्र पठाएको छ ।
घटना पर्सा जिल्लाको सम्भौता-२ भेडिहर्वाको हो । गए राति भारतीय तस्करहरूले सुरक्षाकर्मीको सहयोगमा नेपाल भित्र्याएका १ सय ५० बोरा डीएपी तथा युरिया मल भेडिहर्वाको रामाज्ञा साह कानूको घरमा राखेको बेला गाउंलेले सो मल आज बिहान लुट्ने प्रयास गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
कृषकलाई मल ल्याउन भारतीय एसएसबीले रोक लगाउने तर तस्करलाई संरक्षण दिई तस्करी गराउने आरोप लगाउंदै गाउंलेले सो मल लुटने प्रयास गरेपछि प्रहरी चौकी टिहुकीका प्रहरी त्यहां पुगी गाउंलेलाई तितरबितर पारेको थियो । पछि तस्करहरूले सो मल अन्यत्र लगेका थिए ।